सुदूरपश्चिममा २२३ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजे

सफल खबर संवाददाता

मंगलबार, २२ भदौ २०७८, १९ : ३६
सुदूरपश्चिममा २२३ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजे

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेबाट विजयी ६ संघीय सांसदसहित २ सय २३ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। माधव कुमार नेपालले एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका एमालेका जनप्रतिनिधिलाई दिएको दल रोज्ने समयावधि सोमबार सकिएको छ।

निर्वाचन आयोगले प्रदान गरेको यस अवधिमा सुदूरपश्चिमका ९ जिल्लामा एमालेबाट विजयी २ सय २३ जनाले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन। एमाले विभाजनपछि प्रदेश सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्यलाई दल रोज्न एक साता दिइएको थियो। संघीय सांसदले यसअघि नै निर्वाचन आयोगमा सनाखत गरिसकेका छन्। 

सुदूरपश्चिममा एमाले छोडेर एकीकृत समाजवादी रोज्नेमा सबैभन्दा बढी कैलालीमा ६५ जना जनप्रतिनिधि छन्। यस्तै सबैभन्दा कम दार्चुला र डडेलधुरामा २÷२ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन्। 

प्रतिक्रिया दिनुहोस