एमसीसी बिना संशोधन पारित गरिए प्रतिकार गर्ने ३ विद्यार्थी संगठनको चेतावनी

सफल खबर संवाददाता

सोमबार, २१ भदौ २०७८, २१ : ३७
एमसीसी बिना संशोधन पारित गरिए प्रतिकार गर्ने ३ विद्यार्थी संगठनको चेतावनी

काठमाडौं । ३ विद्यार्थी संगठनले एमसीसी पारित बिना संशोधन पारित  गरिए प्रतिकारको चेतावनी दिएका छन् । 

सोमबार माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी) सम्बद्ध अनेरास्ववियू र राष्ट्रि जनमोर्चा निकट अखिल छैटौँले संयुक्त वक्तब्य जारी गरेर यस्तो चेतावनी दिएको हो । 

विज्ञप्तिमा एमसीसीमा रहेका राष्ट्रहित विपरीतका सम्पूर्ण प्रावधानहरु खारेज गर्न माग विज्ञप्तिमार्फत माग गरिएको छ । अन्यथा जोरजबर्जस्तीपूर्ण ढंगले एमसीसी परियोजना अगाडि बढाइए कडा प्रतिकार गर्ने र  संघर्षलाई अगाडि बढाउने स्पष्ट गरेको विज्ञप्तिमा गरिएको छ । 

विज्ञप्तिमा सरकारले एमसीसी पास गर्ने तयारी गरेकोप्रति गम्भीर ध्यानाकर्षण उल्लेखसहित भनिएको छ, ‘एमसीसी सम्झौतामा राष्ट्रहित विपरीत, देशको सार्वभौमसत्तामाथि प्रश्न उठाउने कैयौं प्रावधानहरु रहेका छन् । अमेरिकी सरकारी अधिकारीहरुले एमसीसी परियोजना इण्डोप्यासिफिक रणनीतिको अङ्ग हो भनेर बारम्बार अभिव्यक्तिहरु दिएका छन् ।

एमसीसीका पारित गर्न दबाब दिनको लागि एमसीसीका उच्च पदाधिकारीहरु नेपालमा आउने समाचार प्रकाशित भएका छन् । नेपालका राजनीतिक शक्तिमाथि विभिन्न दबाब दिएर एमसीसी नेपालमाथि जबर्जस्ती लाद्ने प्रयत्न भएको छ ।’

प्रतिक्रिया दिनुहोस