श्रीलङ्का । श्रीलङ्कामा खाद्यान्नको सङ्कट भएको भनी प्रकाशित समाचारहरुप्रति यहाँको सरकारले खण्डन गरेको छ ।
श्रीलङ्काली सरकारले यहाँ खाद्यान्नको आपूर्ति नभएको र यहाँ अहिले नै खाद्य सङ्कटकालको घोषणा गर्नुपर्ने अवस्था पनि नरहेको बताएको हो ।
हालै मात्र यहाँका केही सञ्चारमाध्यमले यहाँ खाद्यान्नको अभाव भएको र श्रीलङ्काली सरकारले यहाँ खाद्य सङ्कट घोषणा गर्न लागेको बताएका थिए ।
तर पनि त्यस्तो अवस्था नरहेको यहाँको सरकारले जनाएको छ । यहाँका बजार तथा उद्योग विकासमन्त्री अजित निब्रद काबरालले यहाँ त्यस्तो अवस्था नरहेको र यस्तो घोषणा गर्नुपर्ने अवस्था पनि नआएको बताएका छन् ।
उनले हाल यहाँ श्रीलङ्कामा नै उत्पादित चिनी र चामल उपलब्ध रहेको र यहाँको बजारमा कुनै पनि खाद्यान्नको अभाव भएको भनी कुनै रिपोर्ट सरकारलाई नआएको बताए ।(सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १८ भदौ २०७८, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाँदरका कारण श्रीलङ्कामा देशभरमा काटियो बिजुली
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट
श्रीलङ्काको नयाँ नेतृत्व मुद्राकोषको कर्जा सहयोग कार्यक्रम अघि बढाउन सहमत
श्रीलङ्कामा मतदानपछि सुरक्षा बढाइयो, देशभर कर्फ्यु
श्रीलङ्काको एक धार्मिक शोभायात्रामा हात्तीको आक्रमण, १३ जना घाइते
श्रीलङ्कामा खाद्यान्नको मूल्य वृद्धि