१४ औं महाधिवेशनका लागि गोपालमान श्रेष्ठको सभापति पदमा उम्मेदवारी घोषणा

सफल खबर संवाददाता

विहीबार, १७ भदौ २०७८, १२ : ५१
१४ औं महाधिवेशनका लागि गोपालमान श्रेष्ठको सभापति पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन

गृहनगर स्याङ्जाबाट सभापतिमा उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूलाई साथ दिनुपर्ने बताए ।

गुटरहित कांग्रेस बनाउने अभियानलाई सार्थक बनाउन आफूले सभापति पदमा उम्मेदावरी दिन लागेको श्रेष्ठले बताए।सनातन धर्मसहितको धार्मिक स्वतन्त्रता आफ्नो एजेण्डा रहेकोसमेत उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस