विराटनगर । प्रदेश १ का सांसद उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् । एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि संघीयदेखि प्रदेशसभा सचिवालयमा सांसदहरुले आफ्नो दल रोजिरहेका छन् ।
सोहीक्रममा उनीहरु बुधबार निर्वाचन आयोगमा पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । प्रमाणपत्र हराएकाले उनीहरुले ढिलो गरी सनाखत गरेका हुन् । यसअघि आठ जना सांसदले सनाखत गरिसकेका छन् ।
दल विभाजन अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्ने समयसीमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ भदौ २०७८, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीको कार्यविभाजन : यी हुन् सात प्रदेशका इन्चार्ज र सहइन्चार्ज
एकीकृत समाजवादीमा पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन
नेकपा एकीकृत समाजवादीको बैठक आज सकिँदै
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
नेकपा एसको स्थायि कमिटी बैठक जारी
एकीकृत समाजवादीले १३ पदमा टुंग्यायो उम्मेदवार (सूचीसहित)