दार्चुलाको तुइन घटना : छानविन समितिले गृहमन्त्री खाँणलाई बुझायो प्रतिवेदन

सफल खबर संवाददाता

मंगलबार, १५ भदौ २०७८, १९ : २१
दार्चुलाको तुइन घटना : छानविन समितिले गृहमन्त्री खाँणलाई बुझायो प्रतिवेदन

काठमाडौँ । दार्चुलाको तुइन घटना छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । मंगलबार साँझ गृहमन्त्रालयमा समितिका संयोजक सहसचिव जनार्दन गौतमले एक महिना लामो समय लगाएर तयार पारिएको प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदनमा के छ भन्ने विषय औपचारिक रुपमा खुलाइएको छैन । तर घटना भारतीय भूमिमा भएको र त्यसको औपचारिक अनुसन्धान गर्न नेपालतर्फबाट कानूनी जलिटला रहेको बताइएको छ । 

२०७८ साउन १५ गते दार्चुलाको ब्यास गाँउपालिका–२ मालका ३३ बर्षिय जयसिंह धामी तुईनबाट खसेर महाकालीमा बेपत्ता भएका थिए । उनको अवस्था अहिलेसम्म अज्ञात छ ।

तुईनबाट भारतीय भूमि गस्कु हुँदै दार्चुला सदरमुकाम खलंगा हिडेका धामी तुईनबाट महाकाली पार गर्नै लाग्दा ‘भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानले लट्टा खुस्काईदिए’पछि बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस