९ करोड मूल्य बराबारको कोकिनसहित ३ विदेशी पक्राउ

सफल खबर संवाददाता

आइतबार, १३ भदौ २०७८, १५ : ५२
९ करोड मूल्य बराबारको कोकिनसहित ३ विदेशी पक्राउ

काठमाडौं । प्रहरीले २ किलो ९६६ ग्राम कोकिनसहित तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरीको लागू औषध नियन्त्रण ब्‍यूरोले आइतबार पत्रकार सम्‍मेलन गरेर तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोलाई सिन्धुलीको खुर्कोटबाट र अन्‍य दुईजनालाई काठमाडौंबाट पक्राउ गरेको जानकारी दिएको हो।

पक्राउ पर्नेमा दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंह रहेका छन् ।पक्राउ परेका उनीहरुको साथबाट ९ करोड नेपाली रुपैयाँ बराबरको कोकिन बरामद गरेको ब्‍यूरोले जनाएको छ ।

कतार एयरलाइन्सबाट आएका दक्षिण अफ्रिकी नागरिकले भारतीय नागरिकलाई उक्त कोकिन दिन लागेको भन्‍ने सूचनाको आधारमा पक्राउ गरिएको ब्‍यूरोले जनाएको छ।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस