निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध

सफल खबर संवाददाता

आइतबार, १३ भदौ २०७८, १३ : ३६
निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध

काठमाडौं । निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ को मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन वर्षा बाधक रहेको र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न इलाका प्रहरी कार्यालय मेलम्चीले आग्रह गरेको छ ।

गत साउन अन्तिमदेखि नै त्यहाँ निरन्तर माथिबाट पहिरो र तलबाट खोलाले सडक कटान गरिरहेको छ । ​​​​​​​बाटो माथिबाट पहिरोसँगै ढुङ्गा खस्दा मेलम्ची–१० रामपुर पैराबारीका घर जोखिममा परेका छन् ।

प्रतिक्रिया दिनुहोस