चितवन । भट्ट कौशिक (अलिना) गोत्रिय सेवा समाज चितवनले आज भट्ट कौशिक (अलिना) गोत्रिय सेवा समाज चितवनका अध्यक्ष टंकप्रसाद भट्टको अध्यक्षमा समाजका साधारण सदस्य गोरखा नगरपालिका वार्ड नं १ बाह्रबिसे स्थायी घर भई हाल रत्ननगर नगरपालिका–१३ चितवन बस्ने सोमप्रसाद भट्टलाई रु १० हजार आर्थिक सहयोग गरेको छ ।
समाजको आफ्नै फेसबुक ग्रुपमा राखिएको सूचनाका आधारमा भरतपुर–२ आँपटारी घर भई हाल अष्टे«लिया बस्दै आएका सरोज भट्टको तर्फबाट पठाइएको सहयोग रकम समाजका अध्यक्ष टंकप्रसाद भट्ट, समाजका बरिष्ठ उपाध्यक्ष, पत्रकार एवं सरोज भट्टका दाजु राजु भट्ट र समाजका अन्य पदाधिकारी एवं सदस्यहरुको रोहबरमा सोमप्रसाद भट्टलाई रकम हस्तान्तरण गरिएको थियो ।
रकम हस्तान्तरण क्रममा समाजका अध्यक्ष भट्टले रकम सानो भएता पनि यसले सोमप्रसाद भट्टको उपचारमा केही भएपनि राहत मिल्ने र अन्य महानुभावहरुले समेत उहाँको उपचारका लागि सहयोग गर्ने वचन दिएको बताए ।
त्यस्तै क्यान्सर लागि उपचाररत हुनुभएका सोमप्रसाद भट्टकी श्रीमती सिता भट्टले आफ्नो परिवारलाई गरेको सहयोगलाई आफूहरुले कहिल्यै बिर्सन नसक्ने अझै आर्थिक सहयोग आवश्यक भएकोले सहयोगी मनलाईलाई सहयोगको लागि अपिल गरिन ।
सहयोग हस्तान्तरण कार्यक्रममा भट्ट कौशिक (अलिना) गोत्रिय सेवा समाज चितवनका सचिव सिताराम भट्ट, सल्लाहकार सदस्य राजेन्द्र भट्ट (राजु), आर्थिक संकलन समितिका सदस्य गोकुल प्रसाद भट्ट, कृष्ण प्रसाद भट्ट, गोमा भट्ट, बिष्णु प्रसाद भट्ट लगायत अन्य सदस्यहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ भदौ २०७८, २२ : ३१
लेखकबाट थप