वाइसिएल नेपालको राष्ट्रिय भेला शुरु

सफल खबर संवाददाता

शनिबार, १२ भदौ २०७८, १५ : ५०
वाइसिएल नेपालको राष्ट्रिय भेला शुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएल नेपालको राष्ट्रिय भेला शनिवारबाट काठमाडौंमा शुरु भएको छ ।

देशभरका प्रतिनिधिहरु कोभिडका कारण एकै ठाउँमा भेला गर्न सम्भव नभएपछि वाइसीएलले डिजिटल माध्यमबाट सम्मेलन गरेको हो ।

सम्मेलनको उद्घाटन माओवादी अध्यक्ष प्रचण्डले गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस