सेकुगे र वीरनद्धिपले चितवन टाइगर्सबाट इपिएलमा प्रतिस्पर्धा गर्ने

सफल खबर संवाददाता

विहीबार, १० भदौ २०७८, १६ : ०५
सेकुगे र वीरनद्धिपले चितवन टाइगर्सबाट इपिएलमा प्रतिस्पर्धा गर्ने

चितवन । श्रीलंकाका अन्तर्राष्ट्रिय खेलाडी सेकुगे प्रसन्न र मलेसियाका वीरनद्धिप सिंहले चितवन टाइगर्सबाट बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) मा प्रतिस्पर्धा गर्नेछन् । इपिएलको अगामी संस्करण असोज ९ गते देखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुदैंछ । 

सटिक लेग स्पिनर सेकुगेस“ग श्रीलंकाबाट १ टेस्ट, ४० एकदिवसीय अन्तर्राष्ट्रिय र २० ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेको अनुभव छ । ट्वान्टी–२० का मान्यता प्राप्त सबै गरेर १७० खेलमा उनले १३५ विकेट लिदा प्रतिओभर ७ रनको हिसाबमा मात्र रन खर्चेका छन् । उपयोगी ब्याट्सम्यान पनि रहेका ३६ वर्षे उनले १३८ छक्का र १०७ चौका प्रहार गरिसकेका छन् । सिमित ओभरको खेलमा उनी लामो समयसम्म श्रीलंकाको मुख्य स्पिनरको रुपमा रहे । उनी राम्रो गुगली फाल्न माहिर छन् । 

सेकुगेले सन् २०११ मा अस्ट्रेलियाविरुद्ध कोलम्बोमा आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय ‘डेब्यु’ खेलमा ३२ रन खर्चेर ३ विकेट लिएका थिए । त्यसको तीन साता अघि उनले आफ्नो एकमात्र टेस्ट अस्ट्रेलियाविरुद्ध नै खेलेका थिए । उनले २०१६ मा आयरल्यान्डविरुद्ध ४६ बलमा ९५ रन बनाएर सनथ जयसुर्याले श्रीलंकाको नाममा राखेको फास्टेस्ट एकदिवसीय अन्तर्राष्ट्रिय शतकको नजिक पुगेका थिए । उनले २३ बलमा बनाएको अर्धशतक श्रीलंकाको एकदिवसीय अन्तर्राष्ट्रियमा पा“चौं फास्टेस्ट अर्धशतक पनि हो । 

उनले बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग इंग्ल्यान्डको काउन्टी टोलीबाट ट्वान्टी २० ब्लास्ट खेलेका छन् । 
‘सेकुगे प्रसन्न प्रशस्त क्षमता भएका खेलाडी हुन् । उनको ब्याटिङ र बलिङ दुबैले खेलको नक्शा परिवर्तन गर्न सक्छ । उनी म्याच विजयी खेलाडी हुन् । विश्वभरी खेलेको उनको अनुभवले चितवन टाइगर्सलाई उपाधिको रुपमा अझ बलियो प्रत्यासी बनाएको छ । उनको आगमनले हाम्रो टोली अझ बलियो हुनेछ । नेपालको प्रमुख खेलकुद प्रतियोगितामा उनको क्षमतालाई हेर्न हामी प्रतिक्षा गरिरहेका छौं,’ किशोर भट्टराई, टिम मालिक, चितवन टाइगर्स । 

‘मलेसिया क्रिकेटका लागि गर्विलो दिन’

वीरनद्धिप मलेसियाका मध्यपंक्तिका ब्याट्सम्यान हुन् । उनले विकेटकिपिङ गर्नुका साथै आवश्यक्ता अनुरुप देब्रेहाते बलिङ पनि गर्छन् । उमेर समूह देखि प्रभावशाली प्रदर्शन गर्दै आएका २२ उनले एसोसिएट क्रिकेटको भविष्यको रुपमा हेरिन्छ । हाल मलेसिया क्रिकेट टोलीका उपकप्तान पनि रहेका उनले २०१९ को जुन २४ मा थाइल्यान्डविरुद्ध खेल्दै ट्वान्टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । 

उनी नेपाली समर्थक माझ परिचित नाम हुन् । वैशाखमा भएको तीन देशीय ट्वान्टी–२० सिरिजमा उनले नेदरल्यान्ड्सविरुद्ध ५३ बलमा ८७ रन बनाएर दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए । हालै सम्पन्न मलेसिया क्रिकेट एसोसिएसन (एमसीए) सिरिजमा उनले सर्वाधिक रन बनाउनुका साथै विकेट लिएका थिए । उनले १९३ रन बनाउनुका साथै ९ विकेट लिएका थिए ।  

आउदो सिजनको इपिएलका लागि चितवनमा आवद्ध हुने विरनद्धिप चौथो विदेशी खेलाडी हुन् । पाकिस्तानी अन्तर्राष्ट्रिय खेलाडी डानिस अजिज र अफगानिस्तानका मोहम्मद साहजाद टाइगर्समा अनुबन्धित भइसकेका छन् । 

‘मलेसिया क्रिकेटका लागि आज गर्वको दिन हो । हाम्रो टोलीका शीर्ष प्रदर्शन गर्दै आएका खेलाडी अनुबन्धित भएको खबरले हामी आज सा“च्चै खुशी छौं । विरनद्धिपलाई इपिएल आफ्नो प्रतिभा देखाउने एउटा ठुलो अवसर हुनेछ ।

प्रतिक्रिया दिनुहोस