नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खला खेल्न ओमान जाँदै

सफल खबर संवाददाता

मंगलबार, ०८ भदौ २०७८, ०९ : ४३
नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खला खेल्न ओमान जाँदै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान प्रस्थान गर्दैछ। विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली टोली ओमान जान लागेको हो । 

नेपाल, ओमान र अमेरिका सहभागी हुने शृङ्खला भदौ २८ (सेप्टेम्बर १३) देखि सुरु हुनेछ। त्यसअघि नेपालले ओमानमै पपुवा न्यू गिनीसँग एक दिवसीय शृङ्खला खेल्ने छ। नेपाल र पपुवा न्यू गिनीबिच दुई खेल हुने छन्।

पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि नेपालले खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धा हो। नेपाल क्रिकेट संघ (क्यान) ले गएको शनिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको थियो ।

गुल्शन झा पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन्। यस्तै रोहित पौडेलले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।

प्रतिक्रिया दिनुहोस