खोलाले बगाएको बालिका सकुशल उद्धार

मंगलबार, ०४ बैशाख २०७५, १८ : १०
खोलाले बगाएको बालिका सकुशल उद्धार

मनाङ । मनाङ प्रकाश ज्योति मावि कक्षा १० मा पढ्ने बिनीता गुरुङलाई स्कूल छुट्टी भएर घर फर्कने क्रममा दूधखोलाले बगाएको छ ।
खोलाले करिब सय मिटर बगाएपछि पुल निर्माण काम गर्दै गरेका कामदारले उनलाई उद्धार गरेका हुन् । उनलाई सामान्य प्राथमिक उपचारपछि थप उपचारका लागि लमजुङ सामुदायिक अस्पताल बेंसीशहरमा पठाइएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस