पेरिस । केलियन एम्बापे र एन्जेल डि मारियाको गोलको मदतले पेरिस सेन्ट जर्मेन पीएसजीले शुक्रबार फ्रान्सेली लिग वानमा ब्रेस्टलाई ४–२ ले हराएको छ । लिगमा पीएसजीको यो लगातार तेस्रो जित हो ।
उसका लागि आन्देर हेरेरा र इड्रिस गानाले पनि गोल गरे । यो जितले पीएसजीको तीन खेलबाट अधिकतम् नौ अंक भएको छ र अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
पीएसजीका लागि लियोनल मेसीले डेब्यु गर्ने विश्वासले १५ हजार दर्शक ब्रिटालीमा आए पनि उनीहरू भाग्यमानी रहेनन् । मेसीसँगै नेयमारले पनि खेलेनन् । उनीहरू विना पनि पीएसजी ब्रेस्टमाथि बलियो रह्यो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ भदौ २०७८, १२ : २६
लेखकबाट थप