काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७८(७९ को पहिलो महिना साउनमा निकै उत्साहजनक रूपमा राजस्व संकलन गरेको छ । यो महिनामा लक्ष्य गरेको भन्दा ९ प्रतिशत बढी राजस्व संकलन भएको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ ।
चालू आर्थिक वर्षको पहिलो महिना साउनमै सरकारले १ खर्ब ९ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन गरेको हो । यो कुल राजस्व संकलन लक्ष्यको ९ दशमलव शून्य ५ प्रतिशत हो ।
निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षमा कुल १२ खर्ब १४ अर्ब ९७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेका थिए । जसमा राजस्व शीर्षकअन्तर्गत एक वर्षमा ११ खर्ब ५१ अर्ब ८० करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको छ ।
जसमा पनि कर राजस्व शीर्षकअन्तर्गत १० खर्ब ३८ अर्ब १९ करोड रुपैयाँ र गैरकर राजस्वतर्फ १ खर्ब १३ अर्ब ४० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको छ । यसैगरी, अनुदानमार्फत चालू आवमा ६३ अर्ब ३७ करोड ६२ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएको छ ।
महालेखा नियन्त्रणको कार्यालयका अनुसार ३ भदौ अर्थात् बिहीबारसम्म सरकारले राजस्व शीर्षकमा ९७ अर्ब १८ करोड रुपैयाँ उठाएको छ । जसमा कर राजस्व र गैरकर राजस्व शीर्षकमा क्रमशः ८० अर्ब १ करोड रुपैयाँ र १७ अर्ब १६ करोड रुपैयाँ उठेको छ । यसैगरी, अनुदान शीर्षकमा भने सरकारले बिहीबारसम्म राजस्व उठाएको छैन । अन्य शीर्षकमा भने १२ अर्ब ७४ करोड रुपैयाँ राजस्व उठाएको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०५ भदौ २०७८, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजस्व संकलनमा सामान्य वृद्धि, ११ महिनामा ४१ अर्ब उठ्यो