एजेन्सी । युरोपा कन्फरेन्स लिग फुटबल प्रतियोगिताको छनौट चरणमा इंग्ल्याण्डको टोटनह्याम हट्सपर पराजित भएको छ । गएराती पोर्चुगलमा भएको प्ले अफ्को पहिलो लेगको खेलमा टोटनह्यामलाई स्थानिय टोली पाकोस डे फरेराले १–० ले हराएको हो ।
यो खेलमा प्रशिक्षक नुनो इस्पिरितो सान्तोले टोटनह्यामको सुरुवाती एघारमा पुरै परिवतर्न गरेका थिए । अघिल्लो हप्ता प्रिमियर लिगमा म्यान्चेस्टर सिटीलाई हराउँदा खेलेका सबै ११ खेलाडीलाई यसपटक सुरुवाती ११ बाट हटाईएको थियो । कमजोर टोली टोटनह्यामले पोर्चुगलको प्रतिद्धन्दीविरुद्ध खेल अवधिभर एउटा पनि ‘अन–टार्गेट’ आक्रमण गर्न सकेन ।
कन्फरेन्स लिगकै अर्को खेलमा इटालीको ए।एस रोमाले टर्कीको ट्राबजोन्सपरलाई २–१ ले हरायो । यही खेलमार्फत प्रशिक्षक जोजे मौरिन्होले इटालीयन क्लब रोमामा डेब्यु गरेका छन् । गएराति भएका अन्य खेलहरुमा जर्मनीको युनियन बर्लिन, बेल्जीयमको गेन्ट र इजराईलको मकाबी तेल अभिभ पनि विजयी भएका छन् । युएफा कन्फरेन्स लिग फुटबल युरोपेली क्लबहरुको तेस्रो श्रेणीको प्रतियोगिता हो । शिर्ष श्रेणीको च्याम्पियन्स लिग र दोस्रो श्रेणीको युरोपा लिगपछि यसै वर्षदेखि तेस्रो श्रेणीको कन्फरेन्स लिग सुरु गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ भदौ २०७८, ११ : ३४
लेखकबाट थप