युवा केन्द्रित कार्यक्रम ल्याइने : नेता पण्डित

सोमबार, १८ मंसिर २०७४, १५ : ३७
युवा केन्द्रित कार्यक्रम ल्याइने : नेता पण्डित

विराटनगर, मंसिर १८ । नेकपा (एमाले)का मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभा उम्मेदवार एवं पोलिटब्यूरो सदस्य लालबाबु पण्डितले विराटनगरको वृहत्तर विकास गरी युवालाई रोजगारी उपलब्ध गराउने बताउनुभएको छ ।

विराटनगर महानगरपालिका–९ मा आज आयोजित घरदैलो अभियानमा उहाँले अब बन्ने वाम गठबन्धन सरकारले युवालाई उनीहरुको क्षमताअनुसार रोजगारी उपलब्ध गराउने विश्वास दिलाउनुभयो । नेता पण्डितले सामाजिक सुरक्षाको भत्ताको रकममा वृद्धि गरी रु पाँच हजार पुर्‍याउने दृढता व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रदेश ६९२० का एमालेका उम्मेदवार रमेशप्रसाद पोखरेलले प्रदेश नं १ को राजधानी विराटनगरलाई बनाउने बताउनुभयो । घरदैलो अभियानमा स्थानीय जनताले बाटोको समस्या, खानेपानी, रोजगारी आदि समस्या नेता पण्डित र पोखरेललाई अवगत गराएका थिए ।(रासस)

प्रतिक्रिया दिनुहोस