काठमाडौं । चर्चित सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन–४’ को डिजिटल अडिसन अहिले धमाधम भइरहेको छ । मंगलबाट सुरु भएको अडिसन ३१ भदौसम्म चल्ने आयोजकले जनाएको छ ।
अडिसन मोबाइल फोनको ‘प्ले स्टोर’ मा गएर एपीवानको एप्लिकेसन डाउनलोड गरेर गर्न सकिनेछ । अडिसनका लागि आफ्नो स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गरेर अपलोड गर्नुपर्ने निर्माण पक्षले जनाएको छ ।
डिजिटल अडिसनमा पास भएकाहरुले मात्र फिजिकल अडिसनमा सहभागी हुन पाउनेछन् । डिजिटल अडिसनमा देश तथा विदेशमा रहेका नेपालीले सहभागी हुन पाउनेछन् ।
बिगत ३ सिजका निर्णायक अहिले परिवार्तन भएका छन् । त्यसैले या सिजनमा को को निर्णायक रहने अहिले निश्चित भएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ भदौ २०७८, १२ : ०९
लेखकबाट थप