अपडेट : रिमोट कन्ट्रोलबाट बम विष्फोट, गगन थापासहित ११ घाइते

सोमबार, १८ मंसिर २०७४, १३ : ५९
अपडेट : रिमोट कन्ट्रोलबाट बम विष्फोट, गगन थापासहित ११ घाइते

काठमाडौं, १८ मंसिर । काठमाडौंको चपलीमा बम विस्फोट हुँदा कांग्रेस उम्मेदवार गगन थापा घाइते भएका छन् । विस्फोटमा अन्य केही घाइते भएका छन् । काठमाडौं ४ का उम्मेदवार थापा बुढानीलकण्ठ नगरपालिका २ स्थित चपलीमा घरदौलोमा रहेका बेला विस्फोट भएको हो ।

थापाको कान र ढाडमा चोट लागेको छ । उनलाई बमको छर्रा लागेको हो । यद्यपि उनको चोट सामान्य छ । थापाले आफू मुस्लिकले बचेको बताए । उनले भने, ‘घरदैलो ढिलो सुरु भएकाले जुलुसलाई अघि बढाउन छिट्टो हिडेको बेला परेर म बचेँ । साथीहरु पर्नुभयो ।’

प्रहरीका अनसार विस्फोट हुँदा थापा ४० मिटरको दुरीमा थिए । विस्फोटमा थापासहित १० जना घाइते भएका छन् । उनीहरु मध्ये दुई जनाको अवस्था गम्भीर छ । थापासहित सबै घाइतेको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस