मिस एसईई स्टार चितवन प्रतियोगीताको छनोट प्रारम्भ

सोमबार, ०३ बैशाख २०७५, १८ : २१
मिस एसईई स्टार चितवन प्रतियोगीताको छनोट प्रारम्भ

चितवन । मिस एसईई स्टार चितवन प्रतियोगिताको दोस्रो संस्करण सोमबार देखि प्रारम्भ भएको छ । मिस एसईई स्टार चितवनको दोस्रो चरणको प्रतियोगिता अन्तरर्गत होटल सुप्रिम हस्पिटलरोडमा अडिसन सुरु भएको हो ।

लिभ एण्ड लिड ईन्टरनेश्नल र कायाकैरन मिडिया नेटवर्कको संयुक्त सहकार्यमा हुन लागेको प्रतियोगितामा चितवनका विभिन्न ठाउँका एसईई दिएर बसेका युवतीहरूको सहभागिता रहेको छ । छनौट कार्यक्रमको निर्णायकमा कायाकैरन दैनिकका प्रधान सम्पादक विनोदबाबु रिजाल, मिस एसईई स्टार चितनवकी विजेता अनुष्का रानाभाट एब पिजन ईन्स्टीच्युटका निर्देशक राजेन्द्र श्रेष्ठ रहनु भएको छ । एसईई दिएर बसेको फुर्सदको समयमा आफु भित्र भएको प्रतिभालाई प्रस्फोटन गर्न प्रतियोगिताको आयोजना गर्ने गरिएको आयोजकको भनाई छ ।

त्यस्तै विद्यार्थीहरुलाई व्यक्तित्व विकासमा सहयोग पुर्याउने मुख्य उदेश्यले प्रतियोगिताको सुरुवात भएको प्रतियोगिताका संञ्चार संयोजक अनिल घिमिरेले जानकारी दिनुभयो । प्रतियोगिताको सोमबार भएको अडिसनमा ५० जनाको सहभागिता रहेको थियो । बाकी प्रतियोगिहरुलाई मंगलबार अडिसनमा सहभागि गराईने छ । प्रतियोगितामा विजेता हुनेले नगद ५० हजार , उपविजेताले ३० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस