अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउन राप्रपाको माग

सफल खबर संवाददाता

सोमबार, ३२ साउन २०७८, १८ : ५३
अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउन राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन सरकारसँग माग गरेको छ । सोमबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तालिबानी विद्रोहीले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि शान्ति सुरक्षा खलबलिएको र त्यहाँ रहेका नेपालीको पूर्ण सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गर्ने निर्णय गरेको हो ।

यस्तै राप्रपाले आन्दोलनरत् भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुका मुद्दा सम्बोधनका लागि बेलायत सरकारसँग कूटनीतिक पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।


 

प्रतिक्रिया दिनुहोस