पवनदिप राजन बने ‘इण्डियन आइडल’

सफल खबर संवाददाता

सोमबार, ३२ साउन २०७८, १० : ३६
पवनदिप राजन बने ‘इण्डियन आइडल’

काठमाडौ । भारतीय रियालीटी सो इण्डियन आइडलको १२ औं संस्करणमा पवनद्वीप राजनले आइडलको ट्रफी हात पार्न सफल भएका छन् । आइतबार  दिउँसो १२ बजेबाट शुरु भएको सो प्रतियोगिताको ग्रयाण्ड फिनाले मध्यरातसम्म चलेको थियो ।

भारतको उत्तराखण्डका पवनदीपले उपाधीसंगै २५ लाख नगद र कार उपहारमा पाएका छन् । सो प्रतियोगीतामा अरुनिता कान्जिला दोस्रो र सायल काम्लेले तेस्रो रनर अपको उपाधी हासिल गर्न सफल भएका थिए । फिनालेमा ६ जना बिच प्रतिष्पर्धा गराईएको थियो । 

प्रतिक्रिया दिनुहोस