बागमती । सम्झौता भएको करिव तीन महिनापछि हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना सम्पन्न भई उत्पादन सुरु गरिएको छ । उद्योग संघ मकवानपुरको आर्थिक सहयोगमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा प्लान्ट स्थापना गर्न गत जेठ ४ गते अस्पताल प्रशासनसँग सम्झौता गरेको थियो ।
अक्सिजन प्लान्टको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन ल्याएको बताएका छन् । मुख्यमन्त्री पौडेलले देशमा संघीयता स्थापना पश्चत गठन भएको प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकास र विस्तार गरी स्वास्थ्य सेवामा क्रान्तिकारी परिवर्तन गरेको बताए ।
कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले सक्दो प्रयास गरेको र प्रदेशका सबै जिल्ला अस्पतालमा प्रदेश सरकारले अक्सिजन प्लान्ट स्थापना गरिसकेको भन्दै उनले आगामी दिनहरुमा प्रदेशका नागरिकहरुले अक्सिजन अभावमा ज्यान गुमाउनु नपर्ने बताए ।
उनले हेटौंडा अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकार सक्रिय ढंगबाट लागिपरेको बताए ।
प्रदेशवासी आम नागरिकहरुलाई सर्वसुलभ र स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यमा प्रदेश सरकारले आफ्नो ध्यान केन्द्रीत गरेको उनको भनाई छ ।
हेटौंडा अस्पतालको स्तरीयतालाई सवल बनाउन तीन जना डाक्टरको सेवालाई ५० जना भन्दा बढी पु¥याइएको उनले बताए । उनले आगामी २ वर्ष भित्र हेटौंडा अस्पताललाई पाँच सय शैयाको अस्पताल बनाउँने लक्ष्यका साथ भवन निर्माण, सेवा विस्तार र यन्त्र उपकरणको व्यवस्थापनको काममा प्रदेश सरकारले काम गरिरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ साउन २०७८, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमतीको न्यूतम साझा कार्यक्रम सार्वजनिक
पलेशालाई बागमती सरकारको सम्मान
बालबालिकाको व्यक्तित्व विकास गर्न बाल दिवसले प्रेरणा दिन सकोस् : प्रदेश प्रमुख देवकोटा
बागमती प्रदेशमा राजस्व सङ्कलनमा वृद्धि
बागमतीमा लक्ष्यभन्दा नौ अर्ब कम राजस्व संकलन
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त