स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ३१ साउन २०७८, ११ : १९
स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलाली । कैलालीको लम्की चुहा नगरपालिका–६ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

दुर्घटनामा स्कुटर चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । प्रहरीका अनुसार सुपप्र ००१–००८प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति साढे १०ः०० बजे दुर्घटना भएको हो । 

दुर्घटनाबाट गम्भीर घाइते भएका चौधरीको लम्कीचुहा अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको जनाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस