काबुलबाहेक अन्य शहर तालिबानको कव्जामा

सफल खबर संवाददाता

आइतबार, ३१ साउन २०७८, १० : ४२
काबुलबाहेक अन्य शहर तालिबानको कव्जामा

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलबाहेक अन्य शहरहरुमा तालिबानले कब्जा जमाएको छ । आइतबार बिहान विद्रोही समूहले अफगानिस्तानका काबुलबाहेक अन्य मुख्य शहरमा कब्जा जमाएको एजेन्सीले जनाएको छ । 

शनिबार अफगानिस्तानको उत्तरी गढ मानिएको मजर–इ–सरिफमा तालिबान लडाकुहरुले कब्जा जनाएका थिए । बीबीसीका अनुसार अफगान सुरक्षाकर्मीहरुले जलालावाद कुनै प्रतिकारबिना नै तालिबानहलाई छोडिदिएका हुन् । तालिबान काबुलतर्फ बढिरहँदा राष्ट्रपति असरफ घानीलाई राजीनामा दिन दबाब बढेको छ । 

यसैबीच, अमेरिकाले अफगानिस्तानको संकटग्रस्त देशबाट आफ्ना नागरिकको सुरक्षा र उद्धारका लागि ५ हजार सैनिक तैनाथ गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस