आईओएम एमबीबीएस पुन: प्रवेश परीक्षाको परीक्षाफल प्रकाशित

सोमबार, १८ मंसिर २०७४, १३ : २७
आईओएम एमबीबीएस पुन:  प्रवेश परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौं/त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)ले एमबीबीए प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । कुल परीक्षार्थीमध्ये ३ हजार २९८ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

आईओएमले प्रकाशित गरेको नतिजा अनुसार प्रज्वल लुँइटेल, निराजन अधिकारी र देवेश उपाध्यायले सर्वाधिक ८८ अंक प्राप्त गरेका छन् । पुनः प्रवेश परीक्षा मंसिर १६ गते लिइएको थियो । यस अगाडि पहिलो पटक असोज २८ गते लिइएको परीक्षामा चिट चोरेको पाइएकाले परीक्षा रद्द गरिएको थियो । परीक्षामा साढे ७ हजार परीक्षार्थी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस