चपलीमा बम विस्फोट, काग्रेस नेता गगन थापा घाइते

सोमबार, १८ मंसिर २०७४, १३ : ०८
चपलीमा बम विस्फोट, काग्रेस नेता गगन थापा घाइते

काठमाडौं, ८ मंसिर । काठमाडौंको चपलीमा बम विस्फोट भएको छ । कांग्रेस नेता गगन थापा घाइते भएका छन् । विस्फोटमा अन्य केही घाइते भएका छन् ।

काठमाडौं ४ का उम्मेदवार थापा घरदौलोमा रहेका बेला विस्फोट भएको हो । विस्फोटका कारण घरको सिसा फुटेको र त्यसले थापाको ढाडमा चोट लागेको छ ।

विस्फोटमा अन्य केही घाइते भएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

प्रतिक्रिया दिनुहोस