काठमाडौं । वाग्मती प्रदेशको राजधानी हेटौँडामा जारी निषेधाज्ञाको उल्लङ्घन गरी पसल खोल्ने १० जनालाई आज कारबाही गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले कारबाही स्वरुप उनीहरुलाई प्रतिव्यक्ति रु तीन हजारका दरले जरिवाना लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले मास्क नलगाई हिँड्ने एक सय २३ जनालाई प्रतिव्यक्ति रु एक सयका दरले जरिवाना लिएर कारबाही गरेको छ । यसैगरी प्रहरीले आज आठ सय ९९ थान मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २६ साउन २०७८, २१ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माइतीघरको निषेधाज्ञा हट्याे
सुनसरीको दुई स्थानमा निषेधाज्ञा
रौतहटको झडपपछि वीरगन्जमा जारी निषेधाज्ञा खुकुलो बनाइँदै
मन्त्री र सांसदले नै निषेधाज्ञा तोडे
महेन्द्रनगरमा एक साताका लागि निषेधाज्ञा जारी
शीतलनिवास र प्रधानमन्त्री निवास वरपर निषेधाज्ञा