सिजन युवा क्लब तनहुँलाई अशोक लेलैण्ड दोस्त गाडिमा निर्मित सुविधा सम्पन्न एमबुलेन्स हस्तान्तरण

सफल खबर संवाददाता

सोमबार, २५ साउन २०७८, १८ : ४३
सिजन युवा क्लब तनहुँलाई अशोक लेलैण्ड दोस्त गाडिमा निर्मित सुविधा सम्पन्न एमबुलेन्स हस्तान्तरण

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. ली. द्धारा प्रवद्धित अशोक लेलैण्डले एक कार्यक्रमका बिच डुम्रे, तनहुँमा सिजन युवा क्लब साथै शान्ती आमा समुहलाई दोस्त मोडलमा निर्मित सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

कार्यक्रममा आइएमई मोटर्स प्रा.लि. को तर्फ बाट कर्पाेरेट सेल्स हेड सुशिल राणा थापाले एम्बुलेन्सको साँचो तनहुँ जिल्ला उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष श्री मानकाजी श्रेष्ठ साथै क्लबका अन्य सदस्यहरुलाई सो एम्बुलेन्स दिएइको बताईएको छ ।

कार्यक्रममा बोल्दै श्रेष्ठले डुम्र्रेमा यसप्रकारको सुविधा युक्त एम्बुलेन्स गैर–नाफा मुलक संस्था द्धारा खरिद गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए । अरु एम्बुलेन्स भन्दा दोस्त एम्बुलेन्स धेरै ठुलो र फराकिलो रहेको हँदा बिरामी साथै बिरामीका सदस्य र डाक्टर बस्न मिल्ने ब्यवस्था गरिएको हुँदा टाढा अस्पताल पुग्नुपर्दा सजिलै लिएर जान सकिने बताए । स्वास्थ्य सेवा, विशेषगरी आपतकालिन स्वाथ्यसेवाको पहँुचलाइ सहज बनाउन संस्थाद्धारा खरिद गरेको उनले बताए । साथै युवा क्लब लाई एम्बुलेन्स खरिद गर्न विशेष सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिए ।

आइएमई मोटर्सले एम्बुलेन्स साथै एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु कर्पाेरेट सेल्सको माध्यम बाट बिक्री वितरण गर्दै आएको छ । गत वैशाख महिनामा आइएमई मोटर्स द्धारा पाँच ओटा एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु भारतीय राजदूतावासलाई पनि हस्तान्तरण गरेको थियो ।  आइएमई मोटर्सले एम्बुलेन्स सहित विषेश सुविधा युक्त दमकल, मोर्टर्युरी भ्यान, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठुला कम्रसियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागी प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउदै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस