संरक्षित वन्यजन्तु भैंसेगोहोरोसहित तीनजना पक्राउ

सफल खबर संवाददाता

सोमबार, २५ साउन २०७८, १४ : ३२
संरक्षित वन्यजन्तु भैंसेगोहोरोसहित तीनजना पक्राउ

काठमाडौं । ललितपुर महालक्ष्मी नगरपालिका-१ इमाडोलबाट संरक्षित वन्यजन्तु जिवित भैंसेगोहोरोसहित ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङ थाक्रे गाउँपालिका-५ नौविसे दामिचौर बस्ने ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका-३ भैंसे बस्ने १९ वर्षीय सुरेश बिक र दोलखा तामाकोशी गाउँपालिका-५ गोगनटार बस्ने २३ वर्षीय सुमन बिक रहेका छन् ।

भैंसेगोहोरो अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न ल्याएका थिए । उनीहरुलाई आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा बुझाइएको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस