४ वटा अत्याधुनिक पेस्तोलसहित तनहुँमा ३ जना पक्राउ

सोमबार, १८ मंसिर २०७४, ११ : ३५
४ वटा अत्याधुनिक पेस्तोलसहित तनहुँमा ३ जना पक्राउ

प्रहरीले तनहुँको आँबुखैरेनी गाउँपालिका–३ बाट ४ थान अत्याधुनिक पेस्तोल र ८७ राउण्ड गोलीसहित ३ जनालाई पक्राउ गरेको छ । विषेश सूचनाको आधारमा आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले उक्त हतियारसहित अभियान श्रेष्ठ, जय गुरुङ र विजय गुरुङलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज न्यौपानेले बताए । तीनैजना तनहुँका स्थानीय हुन् ।  

उनका अनुसार आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले उनीहरुको घर खानतलास गर्दा मेडइन युएसए लेखिएको ४ थान पेस्तोल, त्यसमा लाग्ने ३९ राउण्ड गोली र म्याङ्डम राइफलको ४८ राउण्ड गोली बरामद भएको हो । “हतियार राखेको सूचना थियो, प्रहरी टोलीले विषेश चेकजाँच गर्दा पेस्तोलहरु भेटिए । उनीहरुका बारेमा बाँकी अनुसन्धान भईरहेको,” प्रवक्ता न्यौपानेले भने ।

प्रतिक्रिया दिनुहोस