शशांक कोइरालाको प्रचारमा प्रयोग गरिएको कारमा आगजनी

सोमबार, १८ मंसिर २०७४, ११ : ०८
शशांक कोइरालाको प्रचारमा प्रयोग गरिएको कारमा आगजनी

नेपाली काँग्रेसका उम्मेदवार शशांक कोइरालाले प्रचारमा प्रयोग गर्ने कारमा आगजनी भएको छ । नवलपुरको देवचुलीमा कोइरालाको प्रचारमा प्रयोग गरिएको एउटा कारमा अज्ञात समूहले आगजनी गरेको हो । नवलपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार कोइरालाको प्रचारमा प्रयोग गरिएको स्थानीय लालकुमार श्रेष्ठको कारमा गएराति आगजनी भएको हो ।

घरमा पार्किङ गरिएको कारमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । आगजनी गरेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेकोे छ । नवलपुर १ का कांग्रेस महामन्त्रीसमेत रहेका शशांक कोइरालासँग वाम गठबन्धनबाट माओवादीका भविश्वर पराजुली उम्मेदवार छन ।

निक्कै प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको नवलपुर १ को चुनावमा एमालेका मतदाताहरुबाट बेईमानी नभए पराजुलीको जित निश्चित भईसकेको माओवादी केन्द्रका स्थानीय नेता बताउछन भने यसअघिसमेत सोही क्षेत्रबाट चुनाव जितेका शशांक कोईरालाले यसपटक पनि बाजी मार्नेमा काँग्रेस ढुक्क छ ।

प्रतिक्रिया दिनुहोस