काठमाडौँ । नेकपा एमाले माधव नेपाल समूहका नेता रघुजी पन्तले सरकारमा सहभागी नहुने बताएका छन् । बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पन्तले आफूहरु वर्तमान सरकारमा सहभागी नहुने बताएका हुन् ।
उनले भने, ‘सरकारमा जाने कुनै सम्भावना छैन, हामी एमालेमा छौं । एउटै पार्टीमा छौं । अपोजिसनमा बस्नेछौँ ।’ प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्नका लागि समर्थन गरेको एमाले खनाल नेपाल पक्षले समर्थन जनाएको थियो । उक्त समूह सरकारमा सहभागी हुने आसमा देउवाले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ साउन २०७८, १९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चको फैसलाले ठुलो अन्योल र अराजकता उत्पन्न गर्यो : सांसद पन्त
सशस्त्र प्रहरीलाई नेता र कारागारको सुरक्षामा होईन, प्रष्ट क्षेत्राधिकार तोकेर सीमामा पठाऔं : रघुजी पन्त
स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति रघुजी पन्तले जनाए आपत्ति
धारा ७६ (२) कि (३) को सरकार भन्ने राष्ट्रपतिको कुरा हो : रघुजी पन्त
सरकारी कर्मचारीको पीआर र दोहोरो नागरिकताको विषय छानबिन गर्न माग
जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ : रघुजी पन्त