पारस खड्काले क्रिकेट एकेडेमी सुरु गर्ने

सफल खबर संवाददाता

बुधबार, २० साउन २०७८, १५ : ३९
पारस खड्काले क्रिकेट एकेडेमी सुरु गर्ने

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिएका पारस खड्काले क्रिकेट एकेडेमी सुरु गर्ने भएका छन्।

एक दुई महिनाभित्रै एकेडेमी सुरु गर्ने योजना रहेको उनले सुनाए। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश घोषणा गरेपछि आयोजित पत्रकार सम्मेलनमा पारसले भने, ‘तत्कालका लागि क्रिकेट एकेडेमी सुरु गर्ने मेरो योजना रहेको छ। यो एक दुई महिनामै सुरु गर्छु’, उनले भने।

उनले एकेडेमीलाई केही समयमा देशब्यापीरुपमा सन्चालन गर्ने बताए। सिनियर राष्ट्रिय टोलीबाट १७ वर्ष खेलेपछि उनले बिहीबार सन्याश घोषणा गरेका थिए।
 

प्रतिक्रिया दिनुहोस