गृहमन्त्रीलाई एमाले सांसदको प्रश्न : तुइन आफैँ चुँडिएको हो ?

सफल खबर संवाददाता

मंगलबार, १९ साउन २०७८, १४ : ३९
गृहमन्त्रीलाई एमाले सांसदको प्रश्न : तुइन आफैँ चुँडिएको हो ?

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले जयसिंह धामी बेपत्ता भएको घटनामा एसएसबीको संलग्नताबारे मौन बसेपछि एमाले सांसदहरूले प्रश्न उठाएका छन् । गृहमन्त्रीले यस घटनाबारे संसदमा दिएको जानकारी गैरजिम्मेवारपूर्ण रहेको आरोप उनीहरूले लगाए ।
पूर्वगृहमन्त्री तथा एमाले सांसद खगराज अधिकारीले यस घटनामा गृहमन्त्रीको प्रस्तुति घुमाउरो र हलुका भएको बताए । उनले भने, ‘यस्तो अपराधपूर्ण क्रियाकलापबाट मृत्युवरण हुँदा नेपाल सरकार चाहिँ आफैं चुँडिएको जस्तो निमुखो तरिकाले प्रस्तुत भएको छ । यो हाम्रो स्वाभिमानविपरीत हो । यस्तो तरिकाले अपराधीमाथि कारवाही हुन सक्दैन ।’

एमालेकी अर्का सांसद शान्ता चौधरीले पनि गृहमन्त्री हल्का र गैरजिम्मेवाररूपमा प्रस्तुत भएको आरोप लगाइन् । अर्का एमाले सांसद गणेशसिंह ठगुन्नाले पनि प्रत्यक्षदर्शीका बयान आइसक्दा पनि सरकारले आलटाल गरेको बताए । उनले भने, के तुइन आफैँ चुँडिएको हो ? 

प्रतिक्रिया दिनुहोस