पूर्वप्रधानमन्त्री नेपाललाई चुनावी सकस

सोमबार, १८ मंसिर २०७४, ०९ : ५२
पूर्वप्रधानमन्त्री नेपाललाई चुनावी सकस

 

काठमाडौँ ।  मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मत माग्ने निकै चटारो छ ।

वाम गठबन्धनका उम्मेदवार नेकपा ९एमाले०का नेताका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार दीपक कुइँकेल हुनुहुन्छ । नेपाल र कुइँकेल दुवै घरदैलोमा भोट माग्न व्यस्त हुनुहुन्छ । निर्वाचनको समय नजिक आइसकेको हुनाले भोट माग्ने अन्तिम क्षणमा पनि सभा, समारोह र घरदैलोमा पुगिरहनुभएको छ ।

सो निर्वाचन क्षेत्रका वाम गठबन्धनका उम्मेदवार नेपाल र काँग्रेसका उम्मेदवार कुइँकेल दुवैले आ–आफ्ले जित्ने दाबी गर्नुभएको छ ।  स्थानीय तहको निर्वाचनमा आएको मत परिणामलाई हेर्दा काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा नेकपा ९एमाले० मत १९ हजार १९६ रहेको छ । यहाँ काँग्रेसको मत १५ हजार ६२७ रहेको छ । यो निर्वाचन क्षेत्रमा काँग्रेसभन्दा एमाले एक्लैको मत तीन हजार ५६९ बढी छ । यसमा माओवादीको कूल मत पाँच हजार ७३२ जोड्दा २४ हजार ९२८ पुग्छ । यसरी हेर्दा वाम गठबन्धनको मत नौ हजार ३०१ मत बढी छ ।

नेता नेपालले आफ्नो जित सुनिश्चित रहेको उल्लेख गर्दै भन्नुभयो, “मेरो जित सुनिश्चित छ, स्थानीय तहको निर्वाचनको मतलाई हेर्दा पनि मैले जितिसके, मलाई जिताउन यस क्षेत्रका जनता आतुर छन ।” नेता नेपाल आफूले निर्वाचन जित्नेमा ढुक्क हुनुहुन्छ ।

नेपाली काँग्रेसका उम्मेदवार कुइँकेलले भन्नुभयो, “निर्वाचन जिप्नेमा म ढुक्क छु, मतदाताको मन, साथ र सहयोगले मैले चुनाव जित्छु ।” कुइँकेललाई पनि आफूले निर्वाचन जित्ने आशा बढेर गएको छ ।

उम्मेदवार नेपाल र कुइँकेलको चुनाव जित्छु भन्ने आधार त्यहाँको विकास निर्माण र जनताको मत जित्नु नै हो । सो निर्वाचन क्षेत्रबाट संविधानसभा पहिलोमा हार ब्यहोर्नु भएका नेता नेपाल दोस्रो संविधानसभा निर्वाचनमा विजयी हुनुभएको थियो । दोस्रो पल्ट दुई ठाँउबाट जितेका नेपालले पार्टीले त्यहाँ छाडेर मधेश जान्न आग्रह गरेपछि सो निर्वाचन क्षेत्र छोड्नुभएको थियो । नेता नेपालले छोडेपछि भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट कुइँकेल विजयी हुनुभएको थियो ।
वाम गठबन्धनका तर्फबाट सो क्षेत्रको प्रदेश ९क०मा सानु श्रेष्ठ, प्रदेश ९ख०मा मणिराम फँुयाल हुनुहुन्छ भने नेपाली काँग्रेसबाट प्रदेश ९क०मा लोकेश ढकाल र प्रदेश ९ख०मा मनहरि खड्का उम्मेदवार हुनुहुन्छ । प्रदेशसभाका उम्मेदवारहरु पनि मत माग्ने हतारोमा हुनुहुन्छ । रासस

 

 

प्रतिक्रिया दिनुहोस