कांग्रेस पौडेल पक्षको बैठक चाक्सीबारीमा बस्दै

सफल खबर संवाददाता

मंगलबार, १९ साउन २०७८, १२ : ३३
कांग्रेस पौडेल पक्षको बैठक चाक्सीबारीमा बस्दै

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक आज बस्दैछ ।पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा २ बजेपछि बस्ने बैठकमा १४ औं महाधिवेशन र क्रियाशील सदस्यता विषयबारे छलफल हुने बताइएको छ ।

बैठकमा महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित नेताहरू डा.रामशरण महत, अर्जुननरसिंह केसी, डा। मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडुलगायत उपस्थित हुनेछन् ।

बैठकमा मन्त्रिपरिषद्‍मा आफ्नो समूहको सम्मानजनक उपस्थितिबारे पनि छलफल हुने बताइएको छ । ‘बैठक त क्रियाशीलको विवाद र महाधिवेशनबारे हो तर सरकारको विषयमा पनि छलफल हुन्छ’, पौडेल पक्षका एक नेताले भने ।


पौडेल पक्षले सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा ४ मन्त्रालय पाउनुपर्ने दावी गरिरहेको छ । सभापति देउवाले भने अहिलेसम्म यसबारे औपचारिक परामर्श नगरेको बताइन्छ । पौडेल समूहमा सम्मानजनक सहभागिता नभए सरकारमा जान नहुने मत बलियो छ ।

प्रतिक्रिया दिनुहोस