तालिम नै नलिई ८० हजारले पाए श्रम स्वीकृति

सफल खबर संवाददाता

मंगलबार, १९ साउन २०७८, ०८ : ५४
तालिम नै नलिई ८० हजारले पाए श्रम स्वीकृति

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जानुअघि पेशागत सीप तालिम अनिवार्य गरे पनि ८० हजारभन्दा बढीले तालिम नै नलिई विदेश जान श्रम स्वीकृति लिएका छन् ।

प्राविधिक शिक्षा तथा तालिमका लागि सरकारले संरचना नै खडा गरेर ठूलो रकम खर्च गरेर शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आए पनि तालिम नै नलिई उनीहरूले श्रम स्वीकृति पाएका हुन् ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७(०७८ को प्रगति तथ्यांकमा १ लाख ६६ हजार ६९८ श्रमिकमध्ये कुनै पनि पेशागत तालिम नलिई गएको संख्या ८० हजार ३८२ रहेको उल्लेख छ ।

तथ्यांकले विदेश जाने आधा श्रमिक अझैं पनि अदक्ष रूपमै जाने गरेको देखाएको छ । जसका कारण उनीहरुको आम्दानी पनि कम हुन्छ, जसको प्रत्यक्ष प्रभाव उनीहरूले पठाउने रेमिट्यान्समा पनि पर्दछ । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस