भरतपुर १५ मा विभिन्न पार्टिका ८४ जनाले गरे माओवादी केन्द्रमा प्रवेश

सफल खबर संवाददाता

सोमबार, १८ साउन २०७८, १९ : १२
भरतपुर १५ मा विभिन्न पार्टिका ८४ जनाले गरे माओवादी केन्द्रमा प्रवेश

चितवन । भरतपुर महानगरपालिका वडा न १५ मा नेपाल कम्युनिस्ट पार्टी एमाले ,नेपाली कांग्रेस ,नेकपा विप्लव तथा राप्रपा नेपालका गरी ८४ जना  नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र प्रवेश गरेका  छन् । 

आइतवार एक कार्यक्रम बिच नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले टिका लगायर उनिहरुलाई पार्टीमा प्रवेश गराएकी हुन ।  

कार्यक्रममा बोल्दै मेयर दाहालले जनताको सुख दुखको साथि  तथा परिवर्तनको संबाहक र नेतृत्वकर्ता पार्टी माओवादी केन्द्र नै भएको बताउदै सबैलाई माओवादी केन्द्रमा संगठित हुन आग्रह गरीन् । नव प्रवेसिहरु लाई पार्टीमा स्वागत गर्दै सबैलाई क्षमता अनुसारको जिम्मेवारी दिएर अगाडी बढाउने समेत बताईन् । उनले भनिन् -  'तपाईहरू निर्धक्क भयर पार्टी निर्माण र जनताको सेवामा खटिनुहोस् सिङगो पार्टी तपाईहरूकै साथमा छ ।'

सो अवसरमा नेपाल कम्यूनिष्ट पार्टी माओवादी चितवनका केन्द्रका अध्यक्ष यम बहादुर परियारले माओवादी केन्द्रमा आफ्नो भविष्य देखेर पार्टि प्रवेश गर्नुभएकाहरु लाई बधाई दिदै पार्टी संगै  साथमा रहेको अनुभूती हुनेगरी उचित जिम्मेवारी दिईने बताउँदै माओवादी केन्द्रमा गोलबन्ध बनाउन लागिपर्न आग्रह गरे ।

माओवादी केन्द्र भरतपुर महानगरपालिका वडा न १५ को आयोजनामा फूलबारिमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्र चितवनका कार्यालय सदस्य अन्जन तिमिल्सिना, भरतपुर नगर कमिटी अध्यक्ष ईश्वर सापकोटा सुमन लगायतले नव प्रवेसीहरु लाई बधाई दिएका थिए ।

कार्यक्रममा  पार्टी प्रवेश गर्दै कर्मसिंह तामाङले नेपाल कम्युनिस्ट पार्टीको राजनितिक भुमिका र  विकास तथा जनसेवा प्रतिको लगाव देखेर आफूहरू माओवादी केन्द्र प्रवेश गरेको भन्दै अब आफूहरू सधै माओवादी केन्द्रमा आबद्द भएर पार्टीको काममा लागिपर्ने बताए ।

तेस्तै सुकदेब पुनले ऐमाले पार्टी र केपी ओली कम्युनिस्टको नामको कलंक भएको भन्दै सच्चा कम्युनिस्टहरु माओवादी केन्द्रमा संगठित हुनुपर्छ भन्ने मान्यताका साथ आफू र आफ्नो समूह माओवादी केन्द्रमा प्रवेश गरेको बताउदै के पी ओलीको जालसॉची र छलछामको पछी कोही लाग्न नहुने बताए । माओवादी केन्द्रमा नेपाल हाल्माे समाजका प्रविन लामा ,प्रेम थापा ,मिनु लामा ,रविन थापा ,निसा लामा ,दिपा लामा ,रमेश रानाभाट ,राजु लामा ,सफल थापा लगायतले प्रवेश गरेका छन् । यस्तै सुर्यदय टाेल विकास संस्थाका सन्तमाया थापा ,लाल बहादुर राना मगर ,चुलीमया थापा , तिर्थमाया थापा  लगायतले प्रवेश गरेका छन् । 

प्रतिक्रिया दिनुहोस