काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत वेन्जामिन साइडेलले शिष्टाचार भेटवार्ता गरेका छन् ।
ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपालको ऊर्जा र सिँचाइ क्षेत्रमा थप सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा जर्मनीले नेपाललाई गर्दै आएको सहयोगलाई कसरी थप प्रभावकारी बनाएर अगाडि बढ्ने भन्नेबारे छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा ऊर्जामन्त्री खड्काले जर्मन सरकारले नेपालको जलविद्युत क्षेत्र वैकल्पिक तथा नविरणीय ऊर्जामा यसअघि गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको बताउँदै उक्त लक्ष्य प्राप्तिका लागि नेपालको जलविद्युत् आयोजनामा लगानी गर्न जर्मन सरकारलाई आग्रह गरे ।
भेटमा कार्यवाहक राजदूत साइडेलले नेपालको ऊर्जा क्षेत्रको विकासमा जर्मनीको निरन्तर साथ र सहयोग रहँदै आएको बताए । आगामी दिनमा पनि उक्त साथ र सहयोग निरन्तर रहने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ चैत्र २०८१, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छ: ऊर्जामन्त्री खड्का
लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ : ऊर्जामन्त्री खड्का
ऊर्जामन्त्री खड्काद्वारा शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ
ऊर्जामन्त्री खड्काको भूमिकामाथि माओवादीले उठायो प्रश्न
ऊर्जा क्षेत्रको विकासका लागि ऊर्जामन्त्री खड्काद्वारा पूर्वमन्त्रीहरूसँग छलफल
ऊर्जामन्त्री खड्कासंग विश्व बैङ्कका प्रतिनिधीको भेटवार्ता