गौतम बिश्व र्याफ्टिङको सदस्यमा चयन

सफल खबर संवाददाता

सोमबार, १८ साउन २०७८, १५ : ४४
गौतम बिश्व र्याफ्टिङको सदस्यमा चयन

काठमाडौं । नेपाल र्याफ्टिङतथा क्यानोईङ्ग संघका महासचिव सुदीप राज गौतम बिश्व र्याफ्टिङ महासंघको बोर्ड सदस्यमा चयन भएका छन् ।

बिश्व र्याफ्टिङ महासंघको चुनावी साधारण सभाले चार बर्ष २०२१ – २०२४ का लागि एशियन कन्टिनेन्टको कोटाबाट गौतमलाई महासंघको बोर्ड सदस्यमा चयन गरेको हो । 

महासंघको बोर्ड सदस्यमा चयन हुने गौतम पहिलो नेपाली हुन् ।
फ्रान्समा आयोजना भएको बिश्व र्याफ्टिङ च्याम्पियनसिपका दौरान भएको साधारण सभाले महासंघको अध्यक्षमा ईटालीका बारमाज डानिलोलाई दोश्रो कार्यकालको लागि पुनः अध्यक्षमा चयन गरेको थियो ।

नेपालमा र्याफ्टिङमै आफ्नो जीवन व्यतित गरेका गौतम ¥याफ्टिङ्ग खेलको विकास र विस्तारमा अहोरात्र लाग्दै आई रहेका छन् । गौतम र्याफ्टिङ तथा क्यानोईङ्ग संघको संस्थापक सदस्य समेत हुन् ।
 

प्रतिक्रिया दिनुहोस