अर्थमन्त्रालयबाट बिदा भए सचिव शिशिरकुमार ढुंगाना

सफल खबर संवाददाता

सोमबार, १८ साउन २०७८, १२ : ४१
अर्थमन्त्रालयबाट बिदा भए सचिव शिशिरकुमार ढुंगाना

काठमाडौं । अर्थसचिवका रूपमा करिब २ वर्ष जिम्मेवारी समालेका शिशिरकुमार ढुंगाना अर्थमन्त्रालयबाट बिदा भएका छन् ।महालेखा नियन्त्रक मधुकुमार मरासिनीलाई मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएपछि ढुंगाना प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएका छन् ।

आफ्नो करिअरका अधिकांश समय अर्थमन्त्रालय विताएका ढुंगाना भन्सार विभागको महानिर्देशक हुँदै राजस्व सचिव भएका थिए । पूर्वअर्थमन्त्री डा। युवराज खतिवडाको समयमा राजस्व सचिव रहेका उनी २ वर्ष अवधि पूरा भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएका थिए ।

खतिवडाकै पालाका अर्थसचिव रहेका डा राजन खनाल अवकाश भएपछि ढुंगाना पुनस् अर्थसचिव भएर अर्थमन्त्रालयमा नियुक्ति लिएका थिए ।डा.युवराज खतिवडा र विष्णुप्रसाद पौडेलको कार्यकालमा उनले अर्थसचिवको रूपमा २ वटा र राजस्व सचिवको रूपमा १ बजेट निर्माणमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस