महाकालीमा तुइनबाट युवक खसेको घटनामा एसएसबीको संलग्नता नरहेको दाबी

सफल खबर संवाददाता

शनिबार, १६ साउन २०७८, १९ : ५२
महाकालीमा तुइनबाट युवक खसेको घटनामा एसएसबीको संलग्नता नरहेको दाबी

धनगढी । भारतीय पक्षले महाकाली नदीमा तुुइनबाट युुवक खसेको घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गरेको छ ।

भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै सो घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गरेका हुन् ।

उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण नम्बर ४४ गण र राष्ट्रिय अनुुन्धान जिल्ला कार्यालयबाट टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । घटनाको छानविनका लागि शुुक्रबार गृह मन्त्रालयले समेत टोली गठन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस