काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच छलफल भएको छ । सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा बिहीबार सभामुख सापकोटा गृहमन्त्री खाँणबीच खासगरी संसदको चालु अधिवेशनमा विधेयकहरु अघि बढाउने विषयमा छलफल भएको बताइएको छ ।
सभामुख सापकोटा र मन्त्री खाँणबीच यसवर्ष बाढी पहिरोका कारण देशभर उत्पन्न विपत्ति र व्यवस्थापकका सन्दर्भमा सरकारी तयारीबारे पनि छलफल भएको छ । सभामुख सापकोटाको जिज्ञासामा मन्त्री खाँणले विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितहरुको पुनःस्थापनाको कार्य अघि बढाउने जानकारी दिएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।
त्यसक्रममा गृहमन्त्रीले सिन्धुपाल्चोकको जुरे पहिरो पीडितको नाममा सर्वसाधारणबाट संकलन भइ राज्यकोषमा रहेको रकम निकासा गर्ने विषयमा जानकारी लिएर कार्य अघि बढाउने बताएका थिए ।
यसवर्ष मनसुनको सुरुआतसँगै मनाङ र सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ठूलो क्षति पुगेपछि सरकारले दुबै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । गतवर्ष पनि बाढी पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि सिन्धुपाल्चोक र बागलुङलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ साउन २०७८, १७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक परिषद् विधेयकमा सभामुखले खोजे सत्तापक्षको धारणा
कांग्रेस पदाधिकारीले मन्त्रीहरूसँग छलफल गर्दै
कानुन निर्माणबारे प्रमुख चार दलका नेताहरूबीच छलफल
माधव नेपाल र वामदेव गौतमबिच आलोकनगरमा छलफल
रास्वपा सांसद गौतम र पराजुली सभामुखको कार्यकक्षमा
टीआरसी पदाधिकारीबारे प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल