चिन । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले जापानलाई ताइवानको मामिलामा हस्तक्षेप गरे आणविक प्रतिक्रिया दिने र “पूर्णरुपमा युद्ध” हुने चेतावनी दिएको छ । चीनले ताइवानको मामिलामा हस्तक्षेप नगर्न पनि चेतावनी दिएको हो ।
फक्स न्यूजका अनुसार चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) बाट अनुमोदित चिनियाँ च्यानलमा देखाएको भिडियोले जापानलाई गैरआणविक शक्तिविरूद्ध आणविक हतियार प्रयोग नगर्ने नीतिलाई अपवादको रूपमा देखाएको छ ।
“हामी पहिले आणविक बम प्रयोग गर्नेछौँ र निरन्तर आणविक बम प्रयोग गरिरहने छौँ,” भिडियोमा भनिएको छ, “जापानले दोस्रो पटक बिना शर्त आत्मसमर्पणको घोषणा नगरेसम्म हामी यसलाई गर्नेछौँ।”
यो भिडियो चिनियाँ प्लेटफर्म सिगुआबाट २० लाखभन्दा बढीले हेरेका छन् । तर, उक्त भिडियो केही समयमा नै हटाइएको छ । यसको कपि गरेर युट्युब र ट्विटरमा भने अपलोड गरिएको ताइवान समाचारले जनाएको छ ।
जापानका अधिकारीहरूले ताइवानको सार्वभौमिकता सम्बन्धी दुई हप्ता अघि गरेका टिप्पणीपछि यस्तो धम्की आएको हो र उपप्रधानमन्त्री तारो असोले जापानलाई “ताइवानको पक्षमा जोगाउनै पर्छ” जापान टाइम्सले जनाएको छ ।
मुख्य भूमि चीनको दक्षिणपूर्वी तटमा अवस्थित करिब २० करोड जनताको प्रजातान्त्रि मुलुक ताइनमा बेइजिङले पूर्ण सार्वभौमिकता दावी गरेको छ । यद्यपि दुबै पक्षले सात दशकभन्दा बढी समयदेखि अलग शासन गरिरहेका छन् ।
अर्कोतर्फ ताइपेले अमेरिकालगायत प्रजातन्त्रसँग रणनीतिक सम्बन्ध बढाएर चिनियाँ आक्रामकताको सामना गर्ने प्रयास गरिरहेको छ । चीनले धम्की दिएको छ कि “ताइवानको स्वतन्त्रता” भनेको युद्ध हो ।
गत वर्षको सेप्टेम्बरको मध्यदेखि बेइजिङले ताइवानको एडीआईजेडमा नियमित रूपमा विमान पठाएर आफ्नो ग्रे(जोन रणनीतिहरू अगाडि बढाइरहेको छ । प्रायः जसो घटनाहरू उत्तरको दक्षिणपश्चिम कुनामा हुन्छ र प्रायः एकदेखि तीन वटा टर्बोप्रप विमानहरू उडान भर्ने गर्छन् । स्रोत : याहुन्यूज
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १४ साउन २०७८, १२ : ००
लेखकबाट थप