काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले हालसम्मका सबै रेकर्ड ब्रेक गरेको छ । बुधबार सेयर बजार ३ हजार १ सय १२ बिन्दुपार गरेर फर्किएको हो । दिनभर बजारमा उतारचढाव आउँदै अन्त्यमा नेप्से ३ हजार ९४ दशमलव ९४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । बैंकमा सहज तरलता र सस्तो ब्याजदर नै सेयर बजारमाथि जाने प्रमुख कारण हुन् । यस दिन बिमा र होटेल तथा पर्यटन समूहमा बढी आकर्षण देखिएको थियो ।
प्रायः साउन–भदौमा सेयर बजारमा रौनकता आउने गर्छ । यस समयलाई सेयर बजारको प्रमुख सिजनका रूपमा लिइन्छ । साउन मसान्तसम्म सबै सूचीकृत कम्पनीहरूले वित्तीय विवरण सार्वजनिक गर्ने र त्यसपछि लाभांश घोषणा हुने भएकाले सेयर बजारमा लगानीकर्ता सक्रिय हुने जानकारहरू बताउँछन् ।
पछिल्लो समय नयाँ उचाइमा पुगेको बजारले हरेक दिन उच्च बिन्दुको रेकर्ड बनाउने र अर्को दिन घट्ने प्रवृति देखिएको छ । आइतबारको रेकर्ड मंगलबार र मंगलबारको रेकर्ड बुधबार तोडिएको छ । १५ दशमलव ३० अंकले बढेको बजारमा २ सय १९ कम्पनीको १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५ सय ३५ रुपैयाँ बराबरको २ करोड ८१ लाख ७० हजार १ सय ७२ कित्ता सेयर कारोबार भएका छन् ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये नौवटा उपसमूह बढेका छन् भने बाँकी घटेका छन् । बुधबार निर्जीवन बिमा समूह सर्वाधिक ४४९ दशमलव ५६ अंकले बढ्दा जीवन बिमा समूह ४३१ दशमलव ३८ अंकले बढेकोे छ । प्रतिशतका आधारमा भने सबैभन्दा बढी होटल तथा पर्यटन समूह ७ दशमलव शून्य ९ प्रतिशतले बढेको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १४ साउन २०७८, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज सेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द हुने
अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर आजदेखि बिक्री खुला