दायाँ बायाँ नगर्न कार्यकर्तालाई ओलीको निर्देशन

आइतबार, १७ मंसिर २०७४, १७ : ५८
दायाँ बायाँ नगर्न कार्यकर्तालाई ओलीको निर्देशन

माडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माडीलाई मडी बनाउन आफु तत्पर रहेको बताउनुभएको छ । चितवनको माडीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले माओवादी अध्यक्ष प्रचण्डसगै आफु पनि सगै रहेको बताउनुभयो । “माडीलाई मडी बनाउने साथमा म छु ।” बजेट विनियोजन र ,प्रबन्ध गर्ने कुरामा म पनि सहयोग गर्छु । तपाईहरुलाई धेरै कुुरा भन्नु पर्दैन् । अहिले सही बिचारका साथ देशलाई अगाडी बढाउन माओवादी र एमाले एउटै बन्न लागेका है । समय अभावले पाटी एकिकरण गर्न भ्याईएन । त्यसैले निश्चिन्त भएर राष्ट्रको पक्षमा भोट हाल्न मतदातालाई आग्रह गर्नुभयो । अहिले एमाले माओवादी सगै उभिएपछि धेरै जना अतालिएका छन् । उहाँले भन्नुभयो– अब देश विकास गर्नेु पर्छ भन्नेहरु,बाम गठबन्धले देशलाई अगाडी बढाउन पर्छ भन्नेहरु यस अभियानमा लाग्नु पर्नेमा जोड दिनुभयो । देशलाई माया गर्नेहरु ,लोकतन्त्रलाई माया गर्नेहरु ,अब अल्मलिन नहुने उहाँको तर्क छ ।

यो राष्ट्र निमार्णको महा अभियानमा हिडिरहेका छौ । यो अभियानको उदेश्यलाई सबैले आत्मा साथ गर्नुपर्छ ।  ओलीले पुरै देश बामपन्थी मय भएको छ –उहाँले भन्नुभयो । एमाले अध्यक्ष ओलीले आफ्ना कार्यकतालाई बामगठबन्धलाई उम्मेदवारलाई जिताउन निर्देशन दिनुभयो । यो समयमा आएर कोहि पनि पाटीको भावना विपरित हिड्न नहुने भन्दै निर्धक्क भएर मतदान गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।  “नबुझी तपाई आउनु भएको छैन ,उपस्थिति हुनु भएको हैन, अब चितवन बन्छ बन्छ यसमा दुई मत छैन ।”उहाँले भन्नुभयो –माडी ठोरी यस्ता ठाँउहरु हुने् ,नेपाललाई नाकाबन्दीका बेला सिङगै नेपाललाई पाल्ने ठाउँ हो । यसै ठाउँले नै नाकाबन्दीको समयमा भरतबाट पेट्रोल ,डिजेल ,आौषधी ,ग्यासँ ल्याएर पुरै देश पाल्न मद्धत गरेको थिए । माडीमा प्रशस्त नदीहरु छन् , नदीका पानीहरुलाई सिचाईको प्रयोग गरेर कृषीमा अधुनिकीकरण ,मेशिनरीकरण गर्न सकिने उहाँको भनाई थियो । 
 

प्रतिक्रिया दिनुहोस