बेनिशा हमाल अभिनित गीत ‘तर्की तर्की’ को भिडियो सार्वजनिक

शुक्रबार, ३० चैत्र २०७४, १८ : ०८

काठमाडौं । अभिनेत्री बेनिशा हमाल अभिनित गीत ‘तर्की तर्की’ को भिडियो सार्वजनिक गरिएको  छ । एल्बम ‘जय मायाप्रेम’ मा समावेश यस गीतलाई विस्टार नेपालको अपिÞmसिएल युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा नारायण धितालको स्वरमा रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा नारायण र बेनिशासँगै,  अर्जुनरत्न भिकारीको अभिनय रहेको छ । हिमाली भेगको मनोरम दृश्यमा छायाँकन गरिएको गीतमा नारायण र बेनिशाको मायाको कथालाई प्रस्तुत गरिएको छ ।
गीतमा शब्द अर्जुन रत्नको रहेको छ भने संगीत चेतन सापकोटाले दिएका छन् । गीतलाई एरेन्ज महाराज थापाले गरेका हुन् । गीतमा सुदिप बरालको छायाँकन, निशान घिमिरेको सम्पादन र युवराज वाइवाको निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस