मधेशीको अधिकारका लागि संविधान संशोधन आवश्यक : यादव

आइतबार, १७ मंसिर २०७४, १६ : ३३
मधेशीको अधिकारका लागि संविधान संशोधन आवश्यक : यादव

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकारका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

सप्तरीको राजविराज– ९ स्थित मलेठमा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले विभेद, असमानता, भेदभाव, उपेक्षालाई अन्त्य गर्न आर्थिक परिवर्तन मुलुकका लागि खाँचो रहेको भन्दै आधिकार, उन्नति, विकासबाट गरिबी, बेरोजगारी अभावग्रस्त जीवनबाट मुक्त पाउनका लागि अहिलेको निर्वाचनमा मधेशी जनताले मतदान गर्नुपर्ने बताए ।

उनले सप्तरी जिल्ला ५०औँ वर्षदेखि पछाडि परेकाले यसलाई अगाडि बढेको आफूले देख्न चाहेको बताए ।  सप्तरी क्षेत्र नं २ बाट अध्यक्ष यादव प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन् । (रासस)

प्रतिक्रिया दिनुहोस