चितवनकी सुजिता भण्डारी मृत्यु प्रकरण : परिवारले दर्ता गराए आत्महत्या दुरुत्साहनको मृद्धा

सफल खबर संवाददाता

शुक्रबार, ०८ साउन २०७८, १० : ५३
चितवनकी सुजिता भण्डारी मृत्यु प्रकरण : परिवारले दर्ता गराए आत्महत्या दुरुत्साहनको मृद्धा

चितवन । चितवनकी सुजिता भण्डारी मृत्यु प्रकरण गुत्थी सुल्झिन नपाउदैं उनका परिवार जिल्ला प्रहरी कार्यालय चितवनमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएका छन् । 

राप्ती ३ की भण्डारी गत असार २० गते मृत भेटिएकी स्थानिय एक सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी थिईन् । परिवारले उनको हत्यामा भएको आशंका व्यक्त गर्दै प्रहरीमा आत्महत्याका लागि दुरुत्साहन गरिएको भन्दै मुद्दा दर्ता गराएका छन् । 

आफन्त पर्ने एक युवकको नाम तोकेर सुजिताकी आमा अम्बिका भण्डारीले आत्महत्या दुरुत्साहनको जाहेरी दिएको प्रहरी स्रोतले जानकारी दिएको छ।  उनले यसअघि छोरीको हत्या भएको भन्दै कसैको नाम नतोकी जाहेरी दिएकी थिइन्। सुरुमा परिवारले सुजिताको अपहरण भएको भन्दै प्रहरीमा जानकारी गराएका थिए।

काठमाडौंस्थित शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमको रिपोर्टबाट हत्या भएको देखिएको थिएन। भिसेरा परीक्षण रिपोर्ट भने अझै आइपुगेको छैन्।  

प्रतिक्रिया दिनुहोस